२४ माघ २०७९, मंगलबार

थापाथलीमा खुकुरी नचाउँदै मेयर बालेनविरूद्ध नाराबाजी

लेखाजोखा न्यूज

१२ मंसिर २०७९, सोमबार ४:००

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीका स्थानीयहरुले घरेलु हतियारसहित प्रदर्शन गरेका गरेका छन् ।

सुकुम्बासी बस्ती हटाउन महानगरको टोली थापाथली पुगेपछि उनीहरु घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका हुन् । खुकुरी, हंसिया, लाठी, घुइँत्रो लगायतका घरेलु हतियार बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् ।

आफूहरु बस्दै आएको ठाउँ नछाड्ने भन्दै उनीहरुले गृहमन्त्री तथा काठमाडौंका मेयर बालेन साह (बालेन्द्र)विरुद्ध चर्को नारावाजी गरिरहेका छन् ।

उनीहरुले बागमती किनारको बस्ती छिर्ने सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । जसका कारण अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend