२० मंसिर २०७९, मंगलबार

गुल्मी १ मा भण्डारी र ज्ञवालीबीच कडा प्रतिस्पर्धा

लेखाजोखा न्यूज

८ मंसिर २०७९, बिहिबार ९:३८

गुल्मी । प्रतिनिधिसभा सदस्यका लागि गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय राजनीतिमा प्रभावशाली मानिने दुई नेता डा. चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

सत्तागठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका डा. भण्डारीले ताजा अवस्थामा २० हजार ८९७ मत प्राप्त गरेका छन् ।

यस्तै एमाले उपमहासचिव रहेका पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २० हजार ६ सय ७ मत प्राप्त गरेका छन् ।

यी दुई उम्मेदवारबीच दुई सय ९० मतको फरक छ । मतगणना जारी छ । कहिले भण्डारीलाई ज्ञवालीले उछिन्ने र कहिले ज्ञवालीलाई भण्डारीले उछिन्ने क्रम चलिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend