ह्वाट्‌सएपको शर्त स्वीकार नगरे म्यासेजमा प्रतिबन्ध, एकाउन्ट नै डिलिट हुनसक्ने

लेखाजोखा न्युज
१३ फाल्गुन २०७७, बिहीबार ०७:००

काठमाडौं । ह्वाट्सएप प्रयोगकर्ताहरुले १५ मे अघिसम्म नयाँ शर्तहरु स्वीकार गर्नुपर्ने भएको छ । नयाँ शर्तलाई स्वीकार नगरेमा म्यासेजहरुमा प्रतिबन्ध लगाउनुका साथै एकान्ट नै डिलिट हुनसक्ने जनाइएको छ ।

ह्वाट्सएपले आफ्ना केही शर्तहरुमा परिवर्तन गरेको छ । उसले आफ्ना केही सेवा र शर्तहरुमा परिवर्तन गर्न लागेको हो । फेसबुक सञ्‍चालक रहेको ह्वाट्सएप प्रयोगकर्ताहरुले डाटा शेयरसँग सम्बन्धित शर्तहरुलाई स्वीकार गर्नुपर्ने बताइएको छ ।

यसअघि ह्वाट्सएपले फेसबुकसँग डाटा शेयर गर्न लागेको भन्दै चर्को आलोचना भएको थियो । तर, यसबारे स्पष्टिकरण दिँदै ह्वाट्सएपले गलत सूचना फैलाइएको र केही परिवर्तनहरु गर्न लागेको बताएको हो ।

A three part composite shows the notification banner, the simple bullet points, and a more detailed screen

ह्वाट्सएपले आफ्नो मुल कम्पनी फेसबुकसँग शेयर गर्न लागेको तथ्यांकमा म्यासेज, ग्रुप र कल विवरण समावेश नहुनेसमेत स्पष्ट पारेको छ । अहिलेको परिवर्तनमा व्यवसायिक म्यासेजहरुका लागि अनमति दिइने जनाइएको छ ।

ह्वाट्सएपको यो शर्त बेलायत र युरोपमा भने लागु नहुने जनाइएको छ । त्यहाँको कानुन अलग भएकोले ह्वट्सएपका शर्तहरु लागु नहुने जनाइएको छ ।

मे १५ देखि नियम ह्वाट्सएपका शर्त पालना नगरेमा एकाउन्ट इमएक्टिभ देखिने र त्यसको १२० दिनपछि स्वत: डिलिट हुने जनाइएको छ । केही समय फोन र नोटिफिकेसन आए पनि पछि आफैं बन्द हुने जनाइएको छ । – बीबीसी