गायिका अन्‍जु पन्तले गरिन् विवाह

लेखाजोखा न्युज
१२ फाल्गुन २०७७, बुधबार १९:३९

काठमाडौं । गायिका अञ्जु पन्तले विवाह गरेकी छिन् । उनले बुधबार प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् ।

एक बर्षदेखि प्रेम सम्बन्धमा रहेको अञ्जु र थिरले ललितपुरको पाटनस्थित एक चर्चमा विवाह गरेको बताइएको छ ।

गायिका अञ्जुले विवाहमा लगाएको लुगामै बनाइएको टिकटक फेसबुकमा सार्वजनिक गरेकी छन् ।

गायिका अञ्जुको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराज शिवाकोटीसँग सम्बन्ध विच्छेद भएको थियो । सम्बन्ध विच्छेदपछि उनी छोरी परितोशिकासँग बस्दै आएकी थिइन् ।