२० मंसिर २०७९, मंगलबार

इलाम- २ मा एमालेका सुवास नेम्वाङले लिए अग्रता

लेखाजोखा न्यूज

६ मंसिर २०७९, मंगलबार ४:२५

इलाम । नेकपा एमालेका नेता सुवास नेम्वाङले इलाम- २ मा अग्रता लिएका छन्। प्रारम्भिक मतगणनामा पछि परेका नेम्वाङले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई उछिनेका हुन्।

जारी मतगणनामा नेम्वाङले १६७७ मत प्राप्त गरेका छन्। त्यस्तै कांग्रेसका खड्काले १४८५ मत ल्याएका छन्।

तेस्रो स्थानमा राष्ट्रिय जनमुक्ति पार्टीका खड्गप्रसाद पालुंवा छन्। उनले ७५४ मत ल्याएका छन्।

सोमबार दिउँसोसम्म खड्का अघि र नेम्वाङ केही पछि थिए।

नेम्वाङले २०५६ साल यता इलाम-२ बाट चुनाव जित्दै आएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend