२० मंसिर २०७९, मंगलबार

बागलुङ–१ मा एमालेकाे अग्रता, चित्रबहादुर केसी पछि परे

लेखाजोखा न्यूज

५ मंसिर २०७९, सोमबार ७:४७

बाग्लुङ । बागलुङ क्षेत्र नम्बर १ मा ७०० मत गणना हुँदा राष्ट्रिय जनमोर्चा एमालेभन्दा पछि परेको छ । एमालेका सूर्य पाठकले २४६ मत ल्याउँदा जनमोर्चाले १३७ मत पाएको छ ।

यहाँ जनमोर्चाबाट सो दलका अध्यक्ष चित्रबहादुर केसी उम्मेदवार रहेका छन् । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले २२२ मत पाएका छन् ।

प्रदेशसभा (क) मा ७०० मत गणना हुँदा एमालेले ३२३ मत, कांग्रेसले ३०८ मत पाएको छ । प्रदेशसभा (ख) मा ५०० मत गणना हुँदा एमालेले १३५ मत पाएको छ भने कांग्रेसले ३४७ मत पाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend