रुडुक महासचिव ज्योत्सना साउदद्वारा विपन्‍न दलित परिवारलाई पौष्टिक आहार वितरण

लेखाजोखा न्युज
११ फाल्गुन २०७७, मंगलवार १४:५८

महेन्द्रनगर । ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) नेपालकी केन्द्रीय महासचिव ज्योत्सना साउदले गृहजिल्ला वेदकोट नगरपालिकाका विपन्‍न दलित परिवारलाई पौष्टिक आहार वितरण गरेकी छन् ।

सिसैयामा मंगलबार एक कार्यक्रमको आयोजना गरेर उनले वेदकोटका विपन्‍न दलित परिवारका ७० महिलाहरुलाई पौष्टिक आहार वितरण गरेकी हुन् ।

सुत्केरी र नाबालक हुर्काइरहेका तथा कुपोषणको सिकार हुने सम्भावना रहेका दलित परिवारका महिलाहरुलाई महासचिव साउदले पौष्टिक आहारसँगै अण्डा वितरण गरेको रुडुक कञ्चनपुरका सदस्य भीम भट्टले जानकारी दिए ।

उनले वेदकोटका १० वटै वडाबाट ६–६ विपन्‍न दलित परिवारका महिलालाई पौस्टिक आहार वितरण गर्ने तयारी भए पनि कार्यक्रम स्थलमा आएका अन्य १० महिलाहरुलाई पनि पौस्टिक आहार र अण्डा प्रदान गरिएको बताए ।

महासचिव साउदले यसअघि गत पुसमा कञ्चनपुरका विभिन्न स्थानीय तहका विपन्‍न महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगहरुलाई ह्वील चेयर, चिसोबाट जोगिन न्यानो लुगा र खाद्यान्न वितरण गरेकी थिइन् ।

May be an image of 4 people, people standing, people sitting and outdoors