राष्ट्रपतिद्वारा दक्षिण अफ्रिकाको राजदूतमा डा. निर्मलकुमार विश्‍वकर्मा नियुक्त

लेखाजोखा न्युज
११ फाल्गुन २०७७, मंगलवार १३:४४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको राजदूतमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ बमोजिम विश्वकर्मालाई दक्षिण अफ्रिाकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्‍नाथ पन्तले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आज मिति २०७७ साल फागुन ११ गते मङ्‌गलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ बमोजिम डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।”