के छन् कोभिड-१९ खोपका साइड इफेक्टहरु ?

डा. आमिर खान
११ फाल्गुन २०७७, मंगलवार ११:२२

म मेरा बिरामीहरुलाई तीन महिनादेखि कोभिड-१९ विरुद्धको खोप दिँदैछु । कसै-कसैले खोपको बारेमा प्रश्‍नहरु गरेका छन्, निश्‍चय नै जुनमध्ये म पनि हो र जवाफ दिनभन्दा बढी खुसी हुन्छ । तर धेरै जसो मानिसहरुले यो प्रस्ताव गरेकोमा आफूहरु भाग्‍यमानी भएको महसुस गरेको प्रतिक्रिया दिएका छन् ।

तर, अब त्यहाँ अलि बढी भयावह स्थिति देखा पर्दैछ । जब हामी बिरामीहरुलाई दर्ता गर्न बोलाउँछौं, केहिले आफूलाई खोप लगाउने इच्छा नभएको बताउँछन् । किनकी उनीहरुले खोप लगाउँदा साइड इफेक्ट भएको सुनेका छन् ।

अस्ट्रेलियाको एक अध्ययनमा कोभिड-१९ खोपको बारेमा राखिएका चिन्‍ताको परीक्षण गरिएको थियो । उक्त अध्ययनमा सहभागीमध्ये १० प्रतिशतले “सम्भावित साइड इफेक्ट” भएको प्रतिक्रिया दिएका छन् ।

मैले यो सुनेको पहिलो पटक भने होइन । जब हामी मानिसहरूलाई प्रत्येक वर्ष ‘फ्लू खोप’को लागि बोलाउँछौं, त्यहाँ एक यस्तो समूह छ, जसले खोप लगाउन चाहँदैन । किनकि उनीहरुलाई अघिल्लो पटकको खोप लगाइसकेपछि विभिन्‍न लक्षणहरु देखिएको भन्‍नेमा उनीहरुको आशंका हुन्छ ।

पहिलो कुरा के हो भने – कुनै पनि खोप लगाएपछि सामान्य ‘साइड इफेक्ट’हरु देखिनु स्वभाविक हो र नयाँ कोरोना भाइरस खोपमा पनि त्यस्तै भएको छ । कोरोनाविरुद्धको फाइजर खोप लगाएका ४० हजार स्वास्थ्यकर्मीहरूको अध्ययनमा तीन जनामध्ये एकजनाले सामान्य ‘साइड इफेक्ट’ देखिएको छ ।

अध्ययनमा देखिएको साइट इफेक्टले कुनै पनि गम्भीर समस्या भने निम्त्याएन । छोटो समय साइड इफेक्ट देखाएको पाइएको छ । साइड इफेक्ट देखिएकामध्ये अधिकांशरुमा खोप लगाएको ठाउँमा दुखाइ हुने, हल्का ज्वरो, सर्दी, टाउको दुख्‍ने, थकान लाग्‍ने र मांसपेशिको दुख्‍ने गरेको पाइएको छ ।

यस्ता साइड इफेक्टहरु लामो समय रहँदैनन । यो तपाईंले खोप लगाइसकेपछि तपाईंको प्रतिरक्षा प्रणाली सक्रिय भएको भन्‍ने संकेत हो । यसको लक्षण कोरोना भाइरस संक्रमणको सूचक भने होइन । किनकि खोपले भाइरससँग कुनै सम्पर्क हुँदैन । त्यसकारण खोप लगाइसकेपछि तपाईंलाई कोभिड-१९ ले समात्‍न सक्दैन ।

खोपमा आनुवंशिक कणको सानो भाग हुन्छ । यसले यदि तपाईं कोरोना भाइरसको सम्पर्कमा आउनु भयो भने तपाईंको शरीरलाई कोरोना भाइरसविरुद्ध कसरी लड्ने भनेर सिकाउँदछ ।

जब तपाईंलाई खोप लगाइन्छ, तपाईंको प्रतिरक्षा प्रणालीलाई कुनै ‘विदेशी’ सँग लड्ने कोशिस गर्न सिकाउँछ । यो क्रममा तपाईंको रगतमा साइटोकिन्स भनिने सन्देशवाहकहरूले खोपप्रति प्रतिक्रिया दिन्छन् र तपाईंको प्रतिरक्षा प्रणालीलाई काममा लाग्‍न संकेत गर्दछन् ।

तपाईंको शरीरमा साइटोकिन्सको स्तर बढ्ने बित्तिकै रक्तनलीहरु र कोशिकाहरुमा हल्का प्रभाव पार्दछन् । यसले गर्दा शरीरको तापक्रम बढ्‍ने, मांसपेशीको दुखाइ र सर्दीजस्ता लक्षणहरु देखा पर्दछन् । यो अनुमान गरिएको छ कि वृद्धहरुभन्दा युवाहरुलाई खोपको साइड इफेक्टको सम्भावना बढी हुन्छ । वृद्धहरुभन्दा युवाहरको प्रतिरक्षा प्रणाली मजबुत हुने भएकोले यस्तो लक्षण देखिन्छ ।

ती सबै भनेपछि, यदि तपाईंलाई साइड इफेक्टहरु देखिएनन् भने यसको मतलब यो होइन कि तपाइँको प्रतिरोधात्मक क्षमताले काम गरिरहेको छैन । हाम्रो प्रतिरक्षा प्रणाली यति परिवर्तनशील छ, प्रतिरक्षा प्रतिक्रियाको दक्षताका साथ साइड इफेक्टको गम्भीरतासँग सम्बन्ध गर्न असम्भव छ । तपाईं खोपलाई एकदम राम्रो प्रतिरक्षा प्रतिक्रिया दिन सक्नुहुन्छ र कुनै साइड इफेक्ट भोग्‍नु हुँदैन ।

अर्को अध्ययनले यो पनि फेला पारेको छ कि यदि तपाईंलाई पहिले नै कोरोना भाइरस भइसकेको छ भने खोपबाट हुने साइड इफेक्टहरु देखिने सम्भावना पनि बढी हुन्छ । यस समूहका एक तिहाइ अर्थात ३३ प्रतिशत व्यक्तिहरूले ‘शरीरमा सामान्य साइड इफेक्ट’ देखिने गरेको बताएका छन् । उनीहरुमा पहिलो डोजपछि थकान महसुस हुने, टाउको दुख्‍ने हुन्छ ।

कोरोना संक्रमण नभएका १९ प्रतिशतमा साइड इफेक्ट देखिन सक्छ । अनुसन्धानहरुले प्रतिरक्षा प्रणालीको सक्रियताको प्रभावस्वरुप यस्तो साइड इफेक्टहरु देखिने सुझाएका छन् । तर, अनुसन्धानकर्ताहरुले यसमा थप अनुसन्धान गर्नपर्नेमा जोड दिएका छन् ।

कोभिड-१९ को संक्रमण भोगेका मेरा बिरामीहरुलाई देखेपछि सामान्य साइड इफेक्टको मूल्य निकै कम हुन्छ । तर, कोभिड-१९ को संक्रमण भएमा ठूलो मूल्य चुनाकाउनुपर्छ । त्यसकारण आफू र आफन्तजनालाई जोगाउनका लागि कोरोनाविरुद्धको खोप लगाउनु आवश्यक छ ।

(लेखक खान एनएचएसका चिकित्सक हुन् र युनिभर्सिटी अफ लिड्सको स्कुल अफ मेडिसिन एन्ड युनिभर्सिटी अफ ब्राडफोर्ड बेलायतका लेक्चरर हुन् । अलजजिरामा प्रकाशित लेखको नेपाली अनुवाद गरिएको हो । )