महिलालाई ‘बार्गेनिङ’ भन्‍ने चीनको ‘सेक्सी’ चिया कम्पनीले माफी माग्‍यो

लेखाजोखा न्युज
११ फाल्गुन २०७७, मंगलवार ०६:२५

बेइजिङ । चीनको एक प्रख्यात पेय पदार्थ बनाउने कम्पनीले आफ्नो उत्पादनमा सेक्सिस्ट नारा लेखेको भन्‍दै सामाजिक सञ्‍जालमा व्यापक आलोचना भएको छ । व्यापक आलोचनापछि उक्त कम्पनीले माफीसमेत मागेको छ ।

चीनको ‘सेक्सी टी शप’ ले आफ्नो एक मगमा महिलाका लागि ‘बार्गेनिङ’ भन्‍ने शब्द लेखिएको थियो । त्यसमा लेखिएको थियो, ‘ग्राहकले आफ्नो ड्रिंक्सका लागि कुर्दासम्म महिला छनोट गर्न सकिन्छ ।’

यस कम्पनीले यसअघि पनि आफ्नो टी-ब्यागमा स्लोगन राखेको थियो – ‘मास्टर आई वान्ट यू’ । उक्त टी-ब्यागमा राखिएको टेडपोल’को तस्बिरको आकार शुक्राणुजस्तो देखिन्थ्यो ।

उक्त कम्पनीले महिलाहरुको अपमान गरेको भन्दै आलोचना भएपछि माफी मागेको हो । चिनियाँ सामाजिक सञ्‍जाल विबोमा उक्त मगको तस्बिर राख्दै घटिया मार्केटिङ भएको जनाएका छन् । कम्पनीले भनेको छ, “हाम्रो उद्देश्य महिलाहरुलाई अपमान गर्नु थिएन । महिलाहरुमा पर्न गएको चोटप्रति माफी चाहन्छौं ।”

कम्पनीले उक्त थिममा बनाइएका सम्पूर्ण मगहरु फिर्ता लिनेसमेत जनाएको छ । सेक्सी टी शपले हाल नयाँ मग निकालेको छ । जसमा लेखिएको छ, “यस चेनसँग २७० आउटलेट छन् ।” – बीबीसी