किनशासा । एक आक्रमणमा कंगोका लागि इटालियन राजदूत लुसा अटानासिओसहित तीनजनाको मृत्यु भएको छ । इटालीको विदेश मन्त्रालयका अनुसार राजदूत लुसा, इटालियन सुरक्षाकर्मी र उनका चालकको मृत्यु भएको हो ।
संयुक्त राष्ट्रसंघीय मिसनमा रहेका टोली पूर्वी कंगोमा एम्बुसमा परेर मृत्यु भएको विदेश मन्त्रालयले जनाएको छ । टोली संयुक्त राष्ट्र संघको स्थायीत्वका लागि गएको मिसनका क्रममा एम्बुसमा परेको हो ।
राजदूत लुसासहितको मृत्युप्रति इटालीका विदेशमन्त्री लुइगी डी माइओले गम्भीर दु:ख व्यक्त गरेका छन् । उक्त घटनाको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन ।
गोमाबाट पूर्वी कंगोस्थित विश्व खाद्उय कार्यक्रममा जाने क्रममा एम्बुस आक्रमण भएको हो । घटनाको विषयमा छानबिन भइरहेको विश्व खाद्य कार्यक्रमका अधिकारहीले जानकारी दिएका छन् । – अलजजिरा