२२ मंसिर २०८०, शुक्रबार

कर्मचारी कटौतीले ट्वीटर कार्यालय बन्द

लेखाजोखा न्यूज

२ मंसिर २०७९, शुक्रबार ९:५३

काठमाडौं । ट्वीटरले तत्काल लागू हुने गरी कम्पनीको कार्यालय अस्थायी रूपमा बन्द गरेको छ।

कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै आगामी सोमबार २१ नोभेम्बरसम्म कार्यालय बन्द हुने जानकारी कर्मचारीहरूलाई दिएको हो। अचानक कम्पनीको कार्यालय बन्द गर्नुको कारणबारे केही खुलाइएको छैन।

ट्वीटरका मालिक एलन मस्कले राजीनामा मागेसँगै ठुलो संख्यामा कर्मचारीहरूले काम छाडेपछि यस्तो घोषणा भएको हो। साथै कम्पनीले कर्मचारीलाई पठाएको सन्देशमा भनिएको छ ‘कृपया सामाजिक सञ्जाल, प्रेस वा अन्य ठाउँमा कम्पनीको गोप्य जानकारीको बारेमा छलफल नगरी कम्पनी नीतिको पालना गर्न जारी राख्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend