प्रधानमन्त्री ओलीद्वारा दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास

लेखाजोखा न्युज
१० फाल्गुन २०७७, सोमबार १४:५१

कञ्‍चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले अब औद्योगिक क्षेत्रको निर्माणको कामले गति लिने बताएका छन् ।

नौ अर्ब लागतमा पाँच वर्षभित्र सो औद्योगिक क्षेत्र निर्माण हुने भएको हो । औद्योगिक क्षेत्रका लागि बेदकोट नगरपालिकाले नौ सय बिघा जग्गा उपलब्ध गराएको भए पनि हाल चार सय बिघा जग्गामा भौतिक संरचना बन्‍नेछ ।

२०५२ मा मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव गरिए पनि भौतिक निर्माण कार्य अगाडि बढ्न सकेको थिएन ।

औद्योगिक क्षेत्रको डीपीआर अनुसार १२४ प्लटमा साना, मझौला र ठूला गरी ११७ वटा उद्योग स्थापना हुनेछन् । दैजी छेला औद्योगिक क्षेत्रमा ३० हजारभन्दा बढीले रोजगारी पाउने अपेक्षा गरिएको छ ।