काठमाडौं । सरकारले भारतबाट किनेको कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ ।
कोरोनाविरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइतबार नेपाल आइपुगेको हो ।
भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको खोप एयर इन्डियाको विमानमार्फत आइतबार दिउँसो काठमाडौं ल्याइएको हो ।
सरकारले सरकारले सिरमसँग २० लाख डोज खोप किन्ने निर्णय गर्दै अग्रिम भुक्तानी पनि दिइसकेको छ ।
यसअघि भारतले नेपाललाई १० लाख डोज कोभिशिल्ड खोप नेपाललाई सहयोग गरेको थियो । उक्त खोप अहिले देशका विभिन्न जिल्लाहरुमा लगाउने काम भइरहेको छ ।