कोरोनाविरुद्धको १० लाख डोज खोप काठमाडौं ल्याइँदै

लेखाजोखा न्युज
९ फाल्गुन २०७७, आईतवार ०८:१२

काठमाडौं । सरकारले भारतबाट खरिद गरेको १० लाख डोज कोरोनाविरुद्धको खोप आज (आइतबार) काठमाडौं ल्याइँदै छ । भारतबाट खरिद गर्ने भनिएकोे २० लाख डोज कोभिड खोपमध्ये पहिलो खेपमा १० लाख डोज काठमाडौं आइपुग्न लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एयर इन्डियाको विमानबाट दिउँसो साढे १ बजे खोप काठमाडौं आइपुग्ने जनाएको छ । सरकारले भारतको सेरम इन्सिटिच्युट अफ इन्डिया नामक खोप उत्पादक कम्पनीले उत्पादन गरेको कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप खरिदका लागि गत बिहीबार सम्झौता गरेको थियो ।

यसअघि भारतले नेपाललाई १० लाख डोज ‘कोभिशिल्ड’ खोप नेपाललाई अनुदानमा प्रदान गरेको थियो । उक्त खोप अहिले देशका विभिन्न जिल्लाहरुमा लगाउने काम भइरहेको छ ।