भारतमा पेट्रोलको मूल्य हालसम्मकै उच्च

लेखाजोखा न्युज
८ फाल्गुन २०७७, शनिबार १७:१६

मुम्बइ । भारतमा पेट्रोलको मूल्य हालसम्मकै उच्च पुगेको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार शनिबार मुम्बइमा पेट्रोलको मूल्य हालसम्मकै उच्च पुगेको बताइएको छ । मुम्बइमा शनिबार पेट्रोलको मूल्य ९७ भारतीय रुपैयाँ पुगेको छ भने डिजेल ८८.०६ भारतीय रुपैयाँ पुगेको छ ।

पछिल्लो १२ दिनदेखि इन्धनको मूल्य वृद्धि भइरहेको छ । बुधबार ९६ भारतीय रुपैयाँमा पेट्रोलको किनबेच भएको थियो भने बिहीबार डिजेलको मूल्य ८७ भारतीय रुपैयाँ पुगेको थियो ।

सन् २०१८ मा पहिलो पटक पेट्रोलको मूल्य सबैभन्दा ९१.३४ भारतीय रुपैयाँ पुगेको थियो । अल इण्डिया मोटर ट्रान्सपोर्ट कंग्रेसका अध्यक्ष बाल मलकिट सिंहले तत्काल डिजेलको मूल्य घटाउन माग गरेका छन् ।