रहोस् सदा शान्त सौम्य प्रणयमय दिर्घायू पनि ।
बनोस् सुन्दर सधैँ ऐश्वर्य वैभवको सुन्दरमणी ।।
चखेवा जोडीभइ निरन्तर तानुन जीवन रथ ।
कोरुन् सदा साथभइ सुन्दर जीवनका स्वप्न पथ ।।
नआउन् है कहिलै दुख दरिद्रका दुस्कर क्षण ।
नत कुनै रिस विक्षिप्त मनका विवादित कण । ।
प्रेमै हो निस्वार्थी विमुक्त मनको सुन्दर पथ ।
प्रेम नै हो डोर्याउने जागृत जनको जीवनरथ ।।
प्रेम नै हो पूजा पवित्र मन्दिर यो धरणीको ।
प्रकृती पुरुषको मिलन गराउने यौवनको ।।
कुनै दिन भाग्यो त्यो प्रेम मनको सुन्दर चरो ।
रहने छ मानव फगत खोस्टो बनी विचरो ।।
प्रेमै हो निस्वार्थी छैन रतिभर खोट मनमा ।
सदा दृष्टी राखुन सुन्दर भावनामा नकी तनमा ।।
कुरो यती बुझुन् प्रणय मनका युगल जोडी ।
चल्ने छैन सृष्टि प्रेम पथको गन्तव्य छोडी ।।