२४ माघ २०७९, मंगलबार

दुई विवादित एसपीलाई कारबाहीस्वरुप सरुवा, काे कहाँ पुगे ?

लेखाजोखा न्यूज

३ कार्तिक २०७९, बिहिबार ६:४२

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले दुई विवादास्पद एसपीलाई कारबाहीस्वरुप इन्चार्जबाट हटाएको छ । सप्तरीमा कार्यरत प्रदीप खड्का र दार्चुलाका एसपी त्रिभुवन बिष्टलाई हटाइएको हो । खड्काको तालिम शिक्षालय ककनी, बिष्टको प्रधान कार्यालयमा सरुवा भएको छ ।

दुवै गणमा नयाँ एसपी पठाइएको छ । सप्तरीमा तिर्थ पौडेल तथा दार्चुलामा डम्बर बिष्टलाई पठाइएको छ । सप्तरीका एसपी खड्काले तस्करीको लाइन खोलेका थिए । सोही क्रममा दुई प्रहरीबीच नै विवाद हुँदा जवानले असइको हत्या गरेका थिए ।

त्यस्तै, दार्चुलाका एसपी बिष्ट रासन घोटालमा यसअघि नै त्यहाँबाट हटाइएका थिए । दार्चुला फर्किने उनको योजना असफल भएको छ ।

सशस्त्र प्रहरी मुख्यालयले केही इन्चार्जमाथि छानबिन गरिरहेको छ । खासगरी तराईका जिल्लाका इन्चार्जहरुमाथि गोप्य छानबिन भइरहेको स्रोत बताउँछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend