५ असोज २०७८, मंगलबार

वातावरण संरक्षणमा जुटे फेन्सी व्यवसायी

लेखाजोखा न्यूज
३ फाल्गुन २०७७, सोमबार १०:२१

चितवन । नियमित झैँ सोमबार नारायणगढ बजार बन्द । तर, फेन्सी व्यवसायीको हातमा झाडु । फोहोर उठाउने भाडा । हातमा फोहोर । अझ सडकमा असरल्ल छरिएका गुट्खाका प्लास्टिक टिप्दै ।

सधैँ नाफा कमाउन पसल खोलेर कपडाको कारोबारमा तल्लिन रहने चितवनका फेन्सी व्यवसायीहरु सोमबार सेवामा जुटेपछि देखिएको दृश्य हो । ती व्यवसायीहरु नाफारहित गतिविधि अन्तर्गत वातावरण संरक्षणमा जुटेका हुन् ।

नाफा जीवनयापनको माध्यम भए पनि वातावरण जीवन संरक्षणको माध्यम भएको बताउँदै व्यवसायीहरु सहर सफा राख्न सडकमा पुगेका हुन् । फेन्सी बचत तथा ऋण सहकारी संस्था तथा फेन्सी व्यवसायी संघको स्थापना दिवसको कार्यक्रम अन्तर्गत उनीहरुले सडक सरसफाइ गरेका हुन् ।

सरसफाइको कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले जीवनको महत्व वातावरण संरक्षण गरेमात्र रहने बताए । महानगर यसका लागि सदा अग्रसर रहने बताए ।

वातावरणको इकाई मानव जीवन रहेकोले मानव अस्तित्व संरक्षण गर्न वातावरण संरक्षणको दायित्व मानवको भएको सहकारीका अध्यक्ष मेघराज कँडेलले बताए । बजार सरसफाई व्यवसायीको दायित्व भएको संघका अध्यक्ष माधव अधिकारीको भनाइ छ ।

अन्तर्राष्ट्रिय समन्वय समितिका मुक्ति अधिकारीले सरसफाईमा बानी बसाल्न आग्रह गरे । सरसफाइसम्बन्धी वे ग्रुपको २२६ औ श्रृंखला परेको अवसरमा ग्रुपलाई महानगरले सरसफाई सामाग्री खरिदका लागि ८६ हजार रुपैयाँ सहयोग गरेको थियो ।

ग्रुपलाई सहकारीले पाँच हजार एक सय बराबरको सहयोग सामाग्री हस्तान्तरण गरेको थियो । चितवन समाज जापानले वे ग्रुपलाई सरसफाई सामाग्री हस्तान्तरण गरेको थियो । सरसफाईमा जिल्ला ट्राफिक कार्यालयको पनि सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार