मुर्झिएका गुलाब

सुरेश जोशी
२ फाल्गुन २०७७, आईतवार १८:३०

निशाचरले चिथोरेका कोमल अंग देखेर
पुरुषजाती घृणाको पात्र भैइरहँदा
प्रकृती र पुरुष कुरुक्षेत्रमा
आत्मसम्मान रक्षार्थ लडिरहँदा
प्रणय दिवसको स्वागत गरौँ कि विदाई
सोचमग्‍न भएका छन् मनहरु

पशुत्वको पराकाष्ठाले
कोमल हृदय छियाछिया भएर
प्रेम प्राप्ती होकी समर्पण
आशक्ती हो की बिमुक्तता
मस्तिष्कमा खेलि रहँदा
प्रणय दिवसका गुलाब मुर्झिएका छन् ।