२० मंसिर २०७९, मंगलबार

देउवाले किन लगाएनन् दशैँको टीका ?

लेखाजोखा न्यूज

१९ असोज २०७९, बुधबार ३:५७

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्ष दसैंको टीका लगाएनन्।

भ्रातृशोकमा रहेका कारण उनले टीका नलगाएको र अरूलाई पनि नलगाइदिएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन। क्यान्सरको उपचार क्रममा गत जेठ महिनामा उनको निधन भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend