२० मंसिर २०७९, मंगलबार

प्रचण्डले छोरी र नाती-नातिनीलाई लगाएदिए टीका

लेखाजोखा न्यूज

१९ असोज २०७९, बुधबार २:२२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोरी, बुहारी र नाति नातिनाहरुलाई विजया दशमीको टीका लगाइएका दिएका छन् ।

खुमलटारस्थित प्रचण्ड निवासमा टिका शुभ साइत पारेर बुधबार टीका लगाइदिएका हुन् । टिका ग्रहणपछि गंगा दाहालले सामाजिक सञ्जालमार्फत फोटो सार्वजनिक गरेकी छन् ।

सार्वजनिक तस्बिरमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डको भने निधार खाली छ । उनले टीका लगाएका छैनन् । टिका लगाएपछि सार्वजनिक गरिएको तस्बिरमा सीता दाहाल पनि देखिएकी छैनन् । प्रचण्डका पिता मुक्तिराम दाहालले शान्ति प्रक्रियापछि छोरासँगै दशैं मनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend