२० मंसिर २०७९, मंगलबार

एनआरएनएले ५ हजार छात्रालाई छात्राबृद्धि दिने

लेखाजोखा न्यूज

१८ असोज २०७९, मंगलबार ४:११

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले  सार्वजनिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार ५ हजार जनालाई छात्राबृद्धि दिने घोषणा गरेको छ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद महिला विभागले सोमवार जुम मार्फत बडा दशैंको शुभ अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संघकी कार्यकारी अध्यक्ष रविना थापाले सो घोषणा गरेकी हुन्। थापाले सार्वजनिक विद्यालयमा अध्ययनरत बिपन्न विद्यार्थीहरुको सहयोगको लागि नेपाल सरकारसंघ सहकार्य गरेर सो परियोजना अघि बढाइने बताईन्। उनले गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति, बिभिन्न संघसंस्थाको सहकार्यमा शुरुमा ५ हजार जनालाई छात्राबृद्धि दिने प्रतिबद्धता जनाएकी छन्।

थापाले महिला शौचालय, महिला स्वास्थ्य र शिक्षाको क्षेत्रमा गैर आवासीय नेपाली संघको प्राथमिकता दिएको प्रस्ट पारिन्।कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष कुल आचार्यले संघले महिलाहरुलाई सहकार्य गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा संघले सहयोग गर्ने बताए।

कार्यक्रममा संघका उपाध्यक्ष डा. हेम राज शर्माले संघले कुनै पनि कार्यक्रम घोषणा गर्नु अघि  पूर्वतयारीको आवश्यक रहेको बताए। उनले संघको स्थायित्वको लागि आन्तरिक आर्थिक सहयोग भन्दा अन्तराष्ट्रिय संघसँस्थाहरुसंग सहकार्य गरेर अघि बढ्न सुझाव दिए। डा. शर्माले गैर आवासीय नेपाली संघले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथामिकता दिएको प्रति खुशि व्यक्त गरे।

सो छात्राबृद्धिको लागि पहिलो चरणमा १० लाख रुपैयाँको प्रतिबद्धता आइसकेको संघकी सचिव टिका गुरुङले जानकारी दिइन्।कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले नेपाल सरकार गैरआवासीय नेपालीहरुसंघ सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend