चीनमा बीबीसी वर्ल्ड टीभीमाथि प्रतिबन्ध

लेखाजोखा न्युज
३० माघ २०७७, शुक्रबार ०७:३४

काठमाडौं । चीनले बीबीसी वल्र्ड सर्भिस टेलिभिजनमाथि प्रतिबन्ध लगाएको छ । अनुचित र असत्य पत्रकारिता गरिरहेको दाबी गर्दै चीनले बीबीसी वल्र्ड सर्भिस टेलिभिजनमाथि प्रतिबन्ध लगाएको हो ।

केही समयअघि चीनले बीबीसीको कोरना भाइरस महामारी र सिनजियाङमा उइगर मुसलमान समुदायमाथिको शोषणमा केन्द्रित समाचारको आलोचना गरेको थियो ।

बेलायतको विदेश मन्त्रालयले चीनमा इन्टरनेट र मिडियामा सबैभन्दा कडा नियम रहेको जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बीबीसी वर्ल्ड सर्भिस टेलिभिजनमाथि प्रतिबन्ध लगाउने निर्णयले अन्तर्राष्ट्रिय चीनको साख गिराउने दाबी गरिएको छ ।

गत साता बेलायतको मिडिया नियामक अफकमले चीनको सरकारी नियन्त्रण भएको च्यानल सीजीटीएनको प्रसारण लाइसेन्स खारेज गरेको थियो । – बीबीसी