२२ मंसिर २०८०, शुक्रबार

हनुमानढोकामा दिइयो पञ्चबलि

लेखाजोखा न्यूज

१८ असोज २०७९, मंगलबार ९:५६

काठमाडौं । महानवमी पर्व आज हर्षोल्लासका साथ मनाइँदैछ । आज दुर्गा भवानीको पूजा आराधना गर्नका साथै दसैँघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलि दिइन्छ ।

आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ । त्यस्तै, घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।

महानवमीमा कोतहरुमा कोतपूजा र निशाना पूजा पनि गरिन्छ । हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । सोमबार बिहान नै हनुमानढोकामा पनि बोका र राँगाको बलि दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend