२० मंसिर २०७९, मंगलबार

२० गते नेपाल फर्किएर आत्मसमर्पण गर्छु : सन्दीप लामिछाने

लेखाजोखा न्यूज

१५ असोज २०७९, शनिबार १२:०७

काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेले आफू अक्टोबर ६ मा नेपाल आइपुग्ने बताएका छन्।

शनिबार सामाजिक सञ्जाल मार्फत लामिछानेले आफू अक्टोबर ६ मा नेपाल आइपुग्ने र आफूमाथि लागेको झूटा आरोप विरुद्ध कानुनी लडाई लड्ने बताएका छन्।

उनले आफू निर्दोष भएको बताउँदै चाँडै न्याए पाउने विश्वास व्यक्त गरेका छन्। उनले आफूमाथिको षडयन्त्रको समसँगै पर्दाफास हुने दाबी पनि गरेका छन्।

केही समय सम्पर्कविहीन भएका लामिछानेले पछिल्लो पटक आफू तनावमा भएकोले आइसोलेसनमा बसेको बताएका थिए।

सन्दीपमाथि एक नाबालिकामाथि जबरजस्तीकरणी गरेको आरोप लागेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend