८ असोज २०८०, सोमबार

नक्कली प्रहरी बनेर ललितपुरमा लुटपाट

लेखाजोखा न्यूज

१३ असोज २०७९, बिहिबार ८:५९

काठमाडाैं । गएराति ललितपुरमा लुटपाट भएको छ ।

महालक्ष्मी नगरपालिका-८ लुभुको चसी टोलमा रहेको विष्णुकुमारी गोलेको घरमा लुटपाट भएको हो।

आफूहरु प्रहरी भएको र सुरक्षा जाँचका लागि आएको भन्दै घरभित्र प्रवेश गरेका तीन चार जनाको समूहले लुटपाट गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । लुटेरा समूहले पाँच तोला सुन र ७० हजार रुपैयाँ नगद लुटेको छ ।

लुटपाटमा संलग्न भएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । चाडपर्व नजिकिएसँगै यस्ता आपराधिक घटना बढ्ने भन्दै प्रहरीले सचेत रहन आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend