२४ माघ २०७९, मंगलबार

थप डेढ महिना डेंगु सङ्क्रमणको जोखिम

लेखाजोखा न्यूज

८ असोज २०७९, शनिबार ६:१९

काठमाडौं। गत साउनदेखि सुरु भएको डेंगु सङ्क्रमण असोजको पहिलो साता बितिसक्दा पनि नियन्त्रणमा नआएको र थप डेढ महिना सङ्क्रमणको जोखिम रहने विज्ञहरूले औँल्याएका छन् ।

‘थप डेढ महिना डेंगु सङ्क्रमणको जोखिम छ, सबै सचेत हुन आवश्यक छु’ राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रवक्ता गोकर्ण दाहालले भने।

बिहीबारसम्ममा देशभरिमा २१ हजार ३ सय ५२ जना डेंगु सङ्क्रमित भइसकेका छन्। हालसम्म डेंगु संक्रमणबाट २७ जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ।

कुल सङ्क्रमितमध्येमा ५० प्रतिशत सङ्क्रमित काठमाडौँ उपत्यकामा रहेको र बाँकी सातवटा जिल्लामा उल्लेखनीय सङ्ख्यामा सङ्क्रमित बढिरहेको पाइएको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend