१८ असोज २०७९, मंगलबार

घोषणापत्रका लागि कांग्रेसले माग्यो हाइटेक प्रविधिमार्फत सुझाव, कसरी पठाउने ?

लेखाजोखा न्यूज

७ असोज २०७९, शुक्रबार ७:३५

काठमाडौं । नेपाली कांग्रेसले घोषणापत्रका लागि हाइटेक प्रविधिमार्फत सुझाव मागेको छ ।

शुक्रवार सूचना प्रकाशित गर्दै कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार गरिरहेको घोषणापत्रलाई हाइटेक प्रविधिमार्फत सुझाव मागेको हो ।

‘यस्तो बन्नुपर्छ कांग्रेसको घोषणापत्र’ भनेर हाइटेक प्रविधिमार्फत कांग्रेसका समर्थक शुभचिन्तक तथा सर्वसाधारणले सुझाव दिन सक्ने घोषणापत्र तयारी समितिका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए ।

उनका अनुसार ह्वाट्स एप, भाइबर, इमो, आफ्नो आवाज रेकर्ड गरेर, डिजिटल फर्म, इमेल, ट्विटर, फेसबुकबाट सुझाव पठाउन सकिने छ । कांग्रेसले विविध माध्यमबाट प्राप्त जनभावनालाई समितिको अलग टिमले संग्रह गरेर उपयुक्त सुझावहरू घोषणापत्रमा समेट्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend