१८ जेष्ठ २०८०, बिहिबार

समानुपातिकमा सिफारिस उम्मेदवारलाई प्रत्यक्ष निर्वाचनमा बन्देज

लेखाजोखा न्यूज

७ असोज २०७९, शुक्रबार ८:३१

काठमाडौं। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूचीमा परेका व्यक्ति प्रत्यक्ष निर्वाचन कार्यक्रममा उम्मेदवार बन्न नपाउने भएका छन् ।

निर्वाचन आयोगले आगामी २३ असोजका लागि पहिलो हुने (प्रत्यक्ष) निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार मनोनयन तोकेको छ भने समानुपातिक बन्दसूची दलहरूले आयोगमा गत २ असोजमै बुझाइसकेका छन् ।

आयोग प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश व्यक्ति प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार हुन पाउने छैनन् । निर्वाचन कानुनमा समेत सो व्यवस्था छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १४(२) मा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार हुन र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार भएको व्यक्तिको नाम समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा समावेश गर्न नपाइने कानुनी व्यवस्था छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend