काठमाडौं । पछिल्लो समय कांग्रेससँग असन्तुष्टि भएका नेता तथा कार्यकर्ताहरु वीपी कांग्रेस प्रवेश गर्न थालेका छन् ।
नेपाली कांग्रेस वीपीको केन्द्रीय कार्यालय सामाखुशीमा आयोजित कार्यक्रममा विहिवार नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष एवम् आइएलओ गभर्निङ वोर्डको सदस्य कांग्रेसको महासमिति सदस्य आशा सिंह राठौर, कांग्रेस नेत्री दिव्यश्वरी शाह, नेपाली कांग्रेस काठमाडौँका महासमिति सदस्य सन्तप्रसाद श्रेष्ठ (एसपी), कांग्रेस काठमाडौँका जिल्ला सदस्य जयराम कार्की (जङ्गे दादा), नेकपा एमालेका काठमाडौँका युवा नेता रमेश विक्रम थापालगायत नेपाली कांग्रेस (वीपी)मा प्रवेश गरेका हुन् ।
वीपी कांग्रेस प्रवेश गर्नेलाई वीपी कांग्रेसका सभापति सुशीलमान शेरचन, वरिष्ठ उपसभापतित्रय कर्णबहादुर मल्ल, झलकनाथ वाग्ले, गोविन्द शर्मा पौडेल, उपसभापति पुष्प पराजुली, रिता खनाल, महामन्त्री देवेन्द्रप्रकाश पौडेल, भक्तराज भुसाललगायत पदाधिकारीले पार्टीमा स्वागत गरेका छन् ।