१८ जेष्ठ २०८०, बिहिबार

अष्ट्रेलियाको तटमा कसरी फसे समुद्री ह्वेल ?

लेखाजोखा न्यूज

६ असोज २०७९, बिहिबार ९:४९

एजेन्सी  । घटनाहरूको अनौठो मोडमा बुधवार तस्मानियाको पश्चिमी तटमा ह्वेलहरूको एउटा समूह फेला परेको थियो ।

अष्ट्रेलियाली अधिकारीहरूका अनुसार त्यहाँ अनुमानित २३० ह्वेल फसेका थिए र ती मध्ये आधा मात्र जीवितै देखिन्छन् । बालुवाको समतल छेउमा रहेको समुन्द्री किनारमा ह्वेलहरू के कारणले पसे भन्ने कुनै जानकारी छैन ।

किङ आइल्याण्डको समुद्र तटमा १४ वटा ह्वेल फेला परेको एक दिनपछि ठूलो समूहमा ह्वेल फेला परेको हो । हवाई तस्बिरमा लामो समुद्र तटमा दर्जनौं ह्वेल छटपटिएका देखिन्छन् ।

स्थानीयहरूले बाँचेकाहरूलाई कम्बलले छोपेका थिए र उनीहरूलाई जीवित राख्नको लागि बाल्टिनबाट पानी ल्याएर भिजाएका थिए । नजिकका अन्य केही ह्वेल भने मरेका थिए ।

कालो चमकदार स्तनपायीहरू म्याक्वेरी हार्बर नजिकै फसेका राज्यको प्राकृतिक संसाधन तथा वातावरण विभागले जनाएको छ ।

समुद्री संरक्षण विशेषज्ञहरू र ह्वेल उद्धार गियरसहितका कर्मचारीहरू घटनास्थलतर्फ जाँदै गरेका अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend