१९ असोज २०७९, बुधबार

डाेटीमा एमालेलाई गाेल्डेन चान्स, कांग्रेसलाई विद्रोही उभ्याउन दबाब

लेखाजोखा न्यूज

४ असोज २०७९, मंगलबार ७:३८

दिपायल । चुनावी गठबन्धनको विषयलाई लिएर डोटीमा सत्तारूढ दलबीचको किचलो उत्कर्षमा पुगेको छ । कांग्रेसका अधिकांश नेता, कार्यकर्ता चुनावी गठबन्धनको विपक्षमा छन् । प्रतिनिधि सभा तर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा सिट बाँडफाँटको विषय पनि पेचिलो बन्दै गएको छ । गठबन्धन दलका शीर्ष नेताहरुको निर्वाचन क्षेत्र रहेको डोटीका लागि टिकट वितरण गर्न नेताहरुलाई हम्मेहम्मे परेको छ ।

प्रतिनिधि सभाका लागि चुनाव लड्न गठबन्धनमा रहेकादलहरु नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजबादी ) र नेकपा(माओबादी केन्द्र)का शीर्ष नेताहरुको दाबी रहेको छ । नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभापति एवं पूर्वमन्त्री वीर बहादुर बलायर सहित ९ जनाको दावी छ । नेकपा (एकीकृत समाजबादी ) का तर्फबाट पूर्व पर्यटन मन्त्री प्रेम बहादुर आले र नेकपा(माओबादी केन्द्र)का तर्फबाट मुख्यमन्त्री त्रिलोचन भट्टको दाबी छ । नेकपा एमालेले जिल्ला अध्यक्ष चक्र मल्ललाई उम्मेदवारका लागि सर्वसम्मत खडा गरेको छ ।

माओबादी केन्द्रले मुख्यमन्त्री भट्टको नाम समानुपातिक फर्त सिफारिस गरे पछि कांग्रेस र समाजबादीका बीच टिकटका लागि हानथाप चलेको छ । डोटी कांग्रेसले गठबन्धन नमान्ने र एक्लै चुनावमा जाने निर्णय यस अघि नै गरिसकेको छ । कांग्रेसका नेताहरुले कुनै पनि हालतमा अठबन्धन हुन नदिने भन्दै जिल्ला देखि बालुवाटार सम्मै अभियान चलाएका छन् ।

उता समाजबादीका नेता आले भने देशभरमा गठबन्धन भएकाले डोटीमा पनि गठबन्धन हुनु पर्ने र गठबन्धनका तर्फबाट आफुले टिकट पाउनु पर्ने दाबी गर्दै आएका छन् । यो विषयले गठबन्धनका केन्द्रीय नेताहरुलाई पनि सिट बाँडफाँटमा असर परेको छ । कांग्रेस स्रोतका अनुसार सिट बाँडफाँटका लागि बसेको नेताहरुको बैठकमा डोटीकै विषयमा बढी चर्चा हुने गरेको छ । बैठकमा डोटीको सिट आलेलाई दिने र बलायरलाई कैलाली ४ वा ५ बाट चुनाव लडाउने प्रस्ताव गरिएको भए पनि बलायरले स्वीकार नगरेको बालुवाटार स्रोत बताउँछ ।

सुदूरपश्चिम प्रदेशको १६ निर्वाचन क्षेत्र मध्ये सबै भन्दा बढी पेचिलो बन्दै गएको डोटीमा स्थानीय तहको मतपरीणाम हेर्दा कांग्रेस सबै भन्दा बलियो देखिन्छ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा देशको पहिलो दल बनेको नेपाली कांग्रेसका लागि ७७ जिल्लामध्ये सर्वोत्कृष्ट नतिजा डोटीले दिएको थियो ।

स्थानीय निर्वाचनमा गठबन्धन बिना नै कांग्रेसले ३४ हजार ४७ मत पाउँदा एमाले २४ हजार ९१६ पाएको छ । माओवादीले ७ हजार ७८९, नेकपा एकीकृत समाजवादीले ३ हजार २०५ र राप्रपाले ९८७ मत पाएको छ । गठबन्धनका विरुद्ध कार्यकर्ताहरुको दबाब र स्थानीय तहको मत परीणामका जगमा डोटी कांग्रेसले एक्लै लड्ने निर्णय गरेको छ ।

कांग्रेसलाई विद्रोही उभ्याउन दबाब
जिल्लामा कठबन्धनबाट आलेले टिकट पाउने हल्ला व्यापक बनेको छ । आलेको चर्चासँगै डोटी कांग्रेस झनै आक्रोसित भएको छ । नेपाली कांग्रेसका नेताहरु आलेलाई मरिगए भोट नहाल्ने बताउदै आएका छन् ।

जिल्ला स्थित कांग्रेसका कार्यकर्ताहरुले नेताहरुलाई निर्वाचनको मिति घोषण भएको दिन देखिनै गठबन्धन नगर्न सचेत गराउदै आएका थिए । व्यवापक जनदबाब पछि कांग्रेसका नेताहरु डेलिकेसन लगेर बालुवाटार मै पुगेका थिए । जिल्ला देखि केन्द्र सम्मको दबाब र डोटेली मतदाता, कार्यकर्ताहरुको मागलाई बेवास्ता गरिए विद्रोही उमेदवार खडा गर्नु पर्ने डोटी कांग्रेसलाई ठुलो जनदबाब छ ।

गठबन्धनका तर्फबाट आलेले टिकट पाएको खण्डमा कांग्रेसबाट विद्रोही उम्मेदवारलाई अगाडी बढाइने प्रवल सम्भावना रहेको छ । विद्रोही उम्मेदबार खडा गरेर निर्वाचनमा जानुपर्ने कार्यकर्ताहरुको ठुलो दबाब रहेको बताउँदै कांग्रेसका केही पुराना र नयाँ अनुहार स्वतन्त्रबाट निर्वाचन लड्ने आनतरिक तयारीमा छन् ।

कांग्रेसका शीर्ष नेताहरुले पनि विद्रोही उमेदबारलाई मौन समर्थन गर्न सकिने संकेत गरेका छन् भने जिल्ला स्तरीय नेताहरुले अन्य पार्टीको झण्डा बोक्नु भन्दा स्वतन्त्र उमेदरको झोला बोक्ने प्रतिक्रिया दिदै आएका छन् । ‘हामीसँग उमेदबार बन्न योग्य सयौं नेताहरु छन्,‘कांग्रेसका एक नेताले भने,‘केन्द्रले हाम्रो अस्तित्व मेटिने गरेर निर्णय गरेमा हामी कांग्रेसको मत विद्रोही उम्मेदबारका पक्षमा खसाल्ने छौं । हाम्रो चित्कार नेतृत्वले सुनेन भने नेतृत्वको निर्देशन हामीले मान्नै पर्छ भन्ने छैन । आलेको पक्षमा मत हाल्नु भन्दा हाट काटेर ब्यालेट बक्समा हाल्छौं ।’

दुई वटा प्रदेश सभा र एक वटा प्रतिनिधि सभा रहेको डोटीमा तिनै सिटमा कांग्रेसको उम्मेदबारी हुनु पर्ने कांग्रेसको दाबी छ । पार्टीले कांग्रेसलाई टिकट दिन सकेन भने जिल्लाबाट कांग्रेसकै अनुहारलाई स्वतन्त्र उम्मेदवार बनाएर चुनाव जिताउने नेताहरु बताउँदै आएका छन् ।

कांग्रेसको जिल्ला नेतृत्वमा रहेका नेताहरु, क्षेत्रीय एवं पालिका नेतृत्व, भातृ संगठन, शुभेच्छुक संगठन र कार्यकर्ताहरुले पनि विद्रोही उम्मेदवारलाई सपोर्ट गर्ने बताउँदै आएका छन् । कांग्रेसको जो मान्छे उभिए पनि कांग्रेसका ३२ हजार बढी मत खसाल्ने जिल्लाका एक नेताले बताए ।

एमालेलाई बेनिफिट लिने चान्स
डोटी कांग्रेस र कांग्रेसका कार्यकर्ता जिल्लामा गठबन्धन नगर्ने, एक्लै चुनाव लड्ने निर्णयबाट कुनै पनि हालतमा चिप्लिन चाहदैन । जिल्लाको हाल सम्मको अवस्था हेर्दा कांग्रेसबाट कोही न कोही विद्रोही निर्वाचन लड्ने पक्का जस्तै छ ।

कांग्रेसका शीर्ष नेताहरुले पनि विद्रोही उम्मेदवारलाई मौन समर्थन गर्ने प्रवल सम्भावना रहेको छ । कांग्रेस एक्लै चुनाव लड्नु पर्ने कार्यकर्ता तथा नेताको ठुलो दबाबका बीच समाजबादीलाई टिकट दिइयो भने विद्रोही उम्मेदबार खडा हुनु पर्ने अधिकांश कार्यकर्ताहरुको चाहना छ । केही नेता कार्यकर्ताहरु भने कांग्रेसको मत होल्ड गर्नु पर्ने पक्षमा छन् ।

कांग्रेस बलियो भएको जिल्लामा समाजबादीले केन्द्रीय नेतृत्वमा दबाब दिएर टिकट ल्याएको र आफु पछि परेको कुण्ठा कांग्रेसका नेताहरुले निर्वाचनमा साट्ने देखिन्छ । केन्द्रीय नेतृत्वबाटै अन्याय महशुस गर्दै आएका कांग्रेसका नेताहरु कुनै पनि हालतमा गठबन्धन मान्न तयार छैनन् ।

कांग्रेसले विद्रोही उम्मेदबार खडा ग¥यो वा मत होल्ड ग¥यो भने त्यसको प्रतक्ष बेनिफिट एमाले उम्मेदवारलाई हुने देखिन्छ । एमालेले जिल्ला अध्यक्ष चक्र मल्ललाई सर्वसम्मतरूपमा सिफारिस गरेको छ । आलेसँग कांग्रेसका नेता कार्यकर्ताहरुसँग निकटम सम्बन्ध छैन । उनले बेलाबेला कांग्रेसका नेताहरुलाई पैंसा बाँडेको दाबी गर्दै नाम खोल्ने धम्की दिदै आएका कारण पनि उनिसँग कांग्रेस नेताहरु रुष्ट छन् र नजिक हुँन चाहदैनन् । सबै नेता र कार्यकर्तासँग निकटम सम्बन्ध राख्ने मल्लले कांग्रेसको मत आले भन्दा बढी तान्न सक्ने कांग्रेस बृतमा चर्चा हुने गरेको छ ।

एमालेसँग स्थानीय तहको निर्वाचनमा पाएको २४ हजार ९१६ मत छ । कांग्रेसले बागी उम्मेदवार उभ्यायो भने एमालेलाई मतभार कम पर्ने देखिन्छ । कांग्रेसबाट राजनीतिमा सक्रिय केही नेताहरुले स्वतन्त्र भए पनि निर्वाचन लड्ने तयारी गरेका छन् । केही अन्य व्यक्तिहरु पनि स्वतन्त्र निर्वाचन लड्दैछन् । यो एमालेलाई बेनिफिट लिने गोल्डेन चान्स हुन सक्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend