१९ असोज २०७९, बुधबार

काठमाडौंमा गोली चल्यो

लेखाजोखा न्यूज

३ असोज २०७९, सोमबार ८:२८

काठमाडौँ । काठमाडौँको गोठाटार कृष्ण मन्दिर नजिकै गोली चलेको छ । प्रहरीका अनुसार गोली प्रहारबाट एकजना घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइतेको शंकरापुर अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।

गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुलेको छ । कागेश्वरी मनोहरा नगरपालिका- ८ सोमबार साँझ एक व्यक्तिमाथि गोली प्रहार भएको थियो । गोली लागेर घाइते हुनेमा हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद रहेका छन् ।

उनी गार्मेट व्यवसायी भएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेर भागेका व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend