११ असोज २०८०, बिहिबार

बेलायती महारानी एलिजाबेथको अन्त्येष्टि अन्तर्गत शवयात्रा चल्दै

लेखाजोखा न्यूज

३ असोज २०७९, सोमबार ६:४७

एजेन्सी । बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि अन्तर्गत शवयात्रा भइरहेको छ । वेस्टमिन्स्टर एबीमा अन्तिम संस्कार समारोहपछि महारानीको शव पेटिकालाई लन्डन हाइड पार्क कोर्नरमा रहेको वेलिङ्टन आर्चमा लगिँदैछ ।

बाटोमा सैनिक तथा प्रहरीहरू लामबद्ध छन् । शवयात्रा बिस्तारै लन्डनमा अघि बढ्दा वेस्टमिन्स्टर प्यालेसमा रहेको घडी बिग बेनको घण्टी एक–एक मिनेटको फरकमा बजिरहेको छ ।

यसअघि वेस्टमिन्स्टर एबीमा उनको कफिनमा ब्रिटेनको राष्ट्रिय झण्डा ओडाइएको छ । त्यसको माथि साम्राज्यको स्टेट श्रीपेच राखिएको छ । शाही नौसेना नाविकहरूले बन्दुकको बग्गी तानेर लगेका थिए ।

अन्त्येष्टिमा सहभागी हुन महारानीका सबै पूर्वप्रधानमन्त्रीहरू, अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोन लगायत सयौँ व्यक्ति उपस्थित छन् । वेस्टमिन्स्टर एबीमा महारानीको जन्म भएको थियो ।

उनको विवाह पनि यहीँ भएको थियो । त्यहीँ ठाउँमा १९५३ मा राज्याभिषेक भएको थियो । अन्त्येष्टि समारोह पनि त्यही ठाउँमा भइरहेको छ ।

७० वर्ष शासन गरेकी महारानी एलिजाबेथको गएको भदौ २४ गते निधन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend