२२ मंसिर २०८०, शुक्रबार

कांग्रेस समानुपातिक सूची : श्रेष्ठ, निधि, महतसहित अरु को ?

लेखाजोखा न्यूज

३ असोज २०७९, सोमबार ६:०४

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।

कांग्रेसले बुझाएको समानुपातिक सूचीमा पूर्वउपसभापति विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ अटाएका छन् । त्यस्तै कांग्रेस सहमहामन्त्रीद्वय जीवन परियार र फरमुल्लाह मन्सुरसँगै केन्द्रीय सदस्य डा आरजू राणा देउवा, अम्बिका बस्नेत, प्रवक्ता डा. प्रकाशशरण महत, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र आनन्द ढुंगानाको नाम पनि समानुपातिक सूचीमा रहेको कांग्रेसका एक नेताले बताए । कांग्रेसबाट समानुपातिकतर्फ सिफारिस भएका अन्य नेताहरुको नाम सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend