बाल गायक सचिन परियारको ‘माया बुनेर’ सार्वजनिक (भिडियो)

लेखाजोखा न्युज
२६ माघ २०७७, सोमबार २०:१४

काठमाडौं । बाल गायक सचिन परियारको स्वरमा ‘माया बुनेर’ सार्वजनिक भएको छ । बाल गायक सचिन परियारसहित गणेश अधिकारी, रबिना बसेल र प्रविशा अधिकारीको स्वर रहेको गीतको शब्द गणेश अधिकारीले लेखेका हुन् ।

गणेश अधिकारीकै संगीत रहेको गीतको संयोजक महेन्द्र भण्डारीले गरेका हुन् ।

कपिल लामाले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा सारिका केसी, विजय पुन, सचिन परियार, रबिना बस्याल र सन्तोष मगरातीको अभिनय रहेको छ ।

दुर्गा पौडेलले छायांकन गरेको म्युजिक भिडियोलाई बिकास ज्ञवालीले सम्पादन गरेका हुन् ।