देउडा गायक धामीको ‘देउ मुखी माया’ सार्वजनिक (भिडियो)

लेखाजोखा न्युज
२६ माघ २०७७, सोमबार १५:१६

काठमाडौं । देउडा गायक लालबहादुर धामीले ‘देउ मुखी माया’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् ।

उनले सोमबार दिउँसो आफ्नै युट्युव च्यानल ‘अछामी बड्डो’ मार्फत् गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरेका छन् ।

विनोद बाजुरालीको शब्द र संगीतमा रहेको गीतमा गायक धामीसँगै समीक्षा अधिकारीको स्वर छ ।

निर्देशक भीम थापाको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा शेर साउद र रुबिना अधिकारीले अभिनय गरेका छन् ।