६ चैत्र २०८०, मंगलबार

सुरक्षा खतरा भएको भन्दै भारतले चिनियाँ कम्पनी हुवावेमाथि प्रतिबन्ध लगाउँदै

लेखाजोखा न्यूज

२८ फाल्गुन २०७७, शुक्रबार ६:३०

नयाँ दिल्ली । भारतले चिनियाँ विशाल टेक्नोलोजी कम्पनी हुवावेमाथि प्रतिबन्ध लगाउने भएको छ । सुरक्षा खतरा भएपछि भारतले चिनियाँ कम्पनी हुवावेको टेलिकम उपकरणहरुमा आगामी जुनदेखि प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

नयाँ दिल्लीले चिनियाँ कम्पनीबाट सुरक्षा खतरा भएको र भारतीय टेलिकम उपकरण उत्पादकहरुलाई थप उत्पादनमा जोड दिनका लागि हुवावेमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेको जनाइएको छ ।

यसअघि संयुक्त राज्य अमेरिकाले हुवावेमाथि प्रतिबन्ध लगाउनुका साथै विश्‍वभर यसको प्रयोगमा सीमितता तोकिएको छ । तर, भारतले चीनसँग सीमा क्षेत्र जोडिएका कारण तत्काल बन्द नगरेको र केहि सीमित उपकरणहरुमा प्रतिबन्ध लगाउने बताइएको छ ।

भारतीय टेलिकम विभागले जुन १५ देखि केही निश्‍चित प्रकारका उपकरणहरु मात्रै सरकारको अनुमतिमा खरिद गर्न पाउने नीति ल्याइएको बताइएको छ ।

चिनियाँ टेलिकम कम्पनी हुवावे र जेडटीईले चीन सरकारका लागि जासुसी गरेको भन्दै विश्वका विभिन्‍न मुलुकहरुमा प्रतिबन्ध लगाइँदै आएको छ । तर, उक्त आरोप हुवावे र जेडटीईले खारेज गर्दै आएका छन् । – रोयटर्स

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2024 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend