६ चैत्र २०८०, मंगलबार

समाचार कक्षबाटै पत्रकार गिरफ्तार

लेखाजोखा न्यूज

१२ बैशाख २०७८, आइतबार ३:१८

काठमाडौं – उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक डिएल तामाङ्ग पक्राउ परेका छन्। नेपाल प्रहरीले उज्यालो नेटवर्कको कार्यालयबाटै तामाङलाई पक्राउ गरेको हो।

समाचार कक्षमा काम गरिरहेका बेला उनिहरुलाई पक्राउ गरिएको हो।

विद्युतीय कारोबार ऐन र राज्यविरूद्ध कसुरसम्बन्धी मुद्दामा तामाङलाई पक्राउ गरेको पक्राउ पूर्जीमा उल्लेख छ।उज्यालो नेटवर्कले केही समय अगाडि भारतीय रअ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच ४ बुँदे सहमति भएकोबारे समाचार प्रकाशन गरेको थियो ।
यसअघि उच्च अदालत पाटनले समाचारको बिषयलाई लिएर पत्रकारलाइ पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2024 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend