६ चैत्र २०८०, मंगलबार

विश्‍व हिन्दू महासंघका दुई संगठनबीच एकीकरण घोषणा, ‘हिन्दूत्वको अभियान सफल हुने विश्‍वास’

लेखाजोखा न्यूज

८ बैशाख २०७८, बुधबार ६:५०

काठमाडौं । विश्व हिन्दू महासंघका दुई संगठनबीच एकीकरण घोषणा गरिएको छ ।

नेपालका सबै हिन्दू धर्मावलम्बीहरूलाई गोलबन्द गर्दै देशलाई हिन्दू राष्ट्र घोषणा गरिनुपर्ने माग राखी छुट्टाछुट्टै अभियान र आन्दोलन चलाइरहेका विश्व हिन्दू महासंघ र विश्‍व हिन्दू महासंघ अन्तर्राष्ट्रियको नेपाल समितिबीच एकीकरण घोषणा गरिएको हो ।

विश्‍व हिन्दू महासंघको ४१ औं स्थापना दिवस तथा रामनवमीको दिन पारेर दुई संगठनबीच एकीकरण गरिएको वरिष्ठ उपाध्यक्ष ज्योत्सना साउदले जानकारी दिएकी छन् । एकीकृत विश्व हिन्दू महासंघको अध्यक्षमा डा. रामचन्द्र अधिकारी बनेका छन् भने मानार्थ अध्यक्ष राजेन्द्र भण्डारीलाई चयन गरिएको छ ।

त्यसैगरि वरिष्ठ उपाध्यक्ष ज्योत्सना साउद रहेकी छन् ।

एकीकृत विश्‍व हिन्दू महासंघले राष्ट्रको पहिचान र साझा संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गर्दै समाजको नैतिक धरातल उच्च राख्नुका साथै आफ्नो लक्ष्य हासिल गर्न ठोस योगदान दिने विश्‍वास व्यक्त गरेकी छन् ।

उनले भने, “एककीरणले हिन्दू धर्मालम्बीहरुमा उत्साहको वातावरण बनेको छ । यस एकताले विभिन्‍न टुक्रामा छरिएका अरु संगठनहरुलाई पनि गोलबद्ध गर्दै हिन्दूत्वको अभियानलाई सफल पार्न सकिन्छ ।”

No description available.

No description available.

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2024 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend