६ चैत्र २०८०, मंगलबार

भिडियो कन्फ्रेसन माध्यम जुमले कटौती गर्‍यो १ हजार बढी कर्मचारी

लेखाजोखा न्यूज

२५ माघ २०७९, बुधबार १:२४

एजेन्सी । कोरोना महामारीमा सर्वाधिक प्रयोगमा आएको भिडियो कन्फ्रेन्सिङ माध्यम जुमले १ हजार ३ सय कढी कर्मचारी कटौती गरेको छ ।

कोरोना महामारीको स्थीति नियन्त्रणसँगै जुमको प्रयोग सुस्ताएको र सम्भावित आर्थिक मन्दीलाई मध्यनजर गर्दै कर्मचारी कटौती गरेको अन्तर्राष्ट्रिय समाचारहरुले जनाएका छन् ।

समाचार अनुसार कोरोना महामारी घट्दै गएसँगै भिडियो कन्फ्रेन्सिङ माध्यम जुमको प्रयोगमा निकै कमी आएको छ । सन् २०२२ मा कम्पनीको नाफा करिब ३८ प्रतिशतले घटेको छ ।

जुमका कार्यकारी अधिकृत एरिक युआनले आगामी आर्थिक वर्षको लागि ९८ प्रतिशतको आफ्नो तलब कटौती गर्ने र आफ्नो बोनस त्याग गर्ने घोषणा गरेका छन् ।

यसैगरी, कार्यकारी नेतृत्व टोलीको तलवमा समेत २० प्रतिशतले कटौती गरिएको छ । यद्यपी कर्मचारहरुको १६ महिनाको तलवसहित स्वास्थ्य सुविधा र वार्षिक बोनस प्राप्त गर्ने भने सक्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2024 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend