६ चैत्र २०८०, मंगलबार

थप आठ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, पाँचको मृत्यु

लेखाजोखा न्यूज

२६ साउन २०७९, बिहिबार ४:४७

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा आठ सय १५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण पाँचजनाको मृत्यु भएको छ । सो अवधिमा चार हजार पाँच सय ३४ जनाको नमुना परीक्षण गरिएको थियो । दुई हजार चार सय ११ जनाको पिसिआर र दुई हजार एक सय २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा चार सय ७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ७४ हजार दुई सय ९५ पुगेको छ । संक्रमणमुक्त हुने दर ९८ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।हाल सक्रिय संक्रमितको संख्या पाँच हजार आठ सय ६९ छ । नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ८२ पुगेको छ । होम आइसोलेसनमा पाँच हजार ६ सय ७७, संस्थागत आइसोलेसन एक सय ९२, आइसियूमा ६० र भेन्टिलेटरमा आठजना संक्रमित रहेका छन् ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला काठमाडौं र ललितपुर रहेका छन् भने दुई सयभन्दा बढी संक्रमित रहेका जिल्लामा कैलाली र मोरङ छन् । शून्य संक्रमित रहेका जिल्लामा मनाङ, कालिकोट र हुम्ला छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा दुई हजार नौ सय २२, ललितपुर आठ सय ६८ र भक्तपुरमा ८९ सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमणदर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2024 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend